काठमाडौंं, २८ चैत । कोरोना भाइरसका कारण देशभरका सबै अदालतहरु वैशाख ६ गतेसम्मका लागि बन्द रहने भएको छ । सरकारले लकडाउनको अवधि बढाएपछि शुक्रबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै ६ गतेसम्म अदालत बन्द रहने निर्णय गरेको हो ।
लकडाउन खुलाएको तीन दिनपछिमात्र देशभरका अदालत खुल्ने भएका छन् । सरकारले यसअघि चैत २५ गतेसम्म लकडाउन गरेको आधारमा सर्वोच्चले चैत २८ गतेसम्म अदालत बन्द गरेको थियो । शुक्रबारबाट तोकिएको अवधि सकिएपछि बैशाख ६ सम्म बन्द गर्ने निर्णय सर्वोच्च अदालतले गरेको छ ।