‘इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२४ भारतको राजधानी नयाँ दिल्लीमा सोमबार सम्पन्न भएको छ । लोकसंस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा नेपाल र भारतका दर्जनौ कलाकारहरुको उपस्थिति रहेको थियो ।
इन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’ मा विभिन्न बिषयहरुमा बिजेता कलाकारहरुलाई अवार्ड प्रदान गरिएको छ ।
उक्त कार्यक्रममा लोक दोहोरी गायिका एवम मोडल रिया रेग्मी अवार्ड बिजेता बनेकी छन । रियाले रहर भो गीतबाट सर्वोत्कृष्ट नयाँ मोडलमा अवार्ड हात पारेकी हुन । कलाकारिताको क्षेत्रमा प्रवेश गरेको २ वर्षमै रिया यो अवार्डसँगै धेरै सफलता हरु हात पार्न सफल भएकी छन ।
सुजन म्युजिक प्रा.लि.की अध्यक्ष जमुना रानाका अनुसार भारतमा नेपालीहरुको अवार्ड कार्यक्रम यो दोस्रो पटक आयोजना गरिएको बताइन ।
इन्डो नेपाल सुजन म्युजिक अवार्ड–२०२४’ सुजन म्युजिक प्रा.लि.को आयोजनामा नेपाल र भारतमा रहेका संगीतकर्मीहरुको नेपाली गीत संगीत प्रतिको योगदानलाई सम्मान गर्न यस बर्ष पनि अवार्ड कार्यक्रम भएको हो । अवार्ड कार्यक्रमको लागि मनोनयन फारम खुल्ला गरेर सम्पुर्ण प्रकिया पूरा गरी भोटिङ गरेर धेरै भोट आएकालाई बिजयी घोषणा गरिएको थियो ।
सो अवार्ड कार्यक्रममा बिभिन्न ३३ विधामा अवार्ड बितरण गरिएको छ भने सांगीतिक क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्ति र स्रष्टाहरूलाई पनि सम्मान गरिएको आयोजक कमिटीकी अध्यक्ष गायिका राना मगरले बताइन । यस अवार्ड कार्यक्रमको नोमिनेशन नेपालमा भएको थियो भने अवार्डको फाईनल कार्यक्रम भारतको नयाँ दिल्लीमा भएको हो ।
अवार्डका विधाहरूमा राष्ट्रिय भावको गीत ,सर्वोत्कृष्ट लोक दोहोरी गीत , सर्वोत्कृष्ट एकल लोकगीत गायक÷गायिका, सर्वोत्कृष्ट मौलिक गीत गायक÷गायिका , सर्वोत्कृष्ट गायक÷गायिका ,सर्वोत्कृष्ट मोडल, सर्वोत्कृष्ट नयाँ मोडल, सर्वोत्कृष्ट भाका , सर्वोत्कृष्ट शब्द रचनाकार , सर्वोत्कृष्ट नव गायक÷गायिकालगायत गीत संगीतको क्षेत्रमा रहेका सर्वोत्कृष्ट कलाकारहरुको लागि राखिएको छ ।
संगीत प्रतिको योगदानलाई विभिन्न विधामा वर्गीकरण गरी पुरस्कृत गर्ने र यस क्षेत्रमा निरन्तर क्रियाशील वरिष्ठता गीत संगीत कर्मी श्रष्टा एवम् प्रस्तोताहरूलाई सम्मान गर्नका लागि नेपाली गीत संगीतका इतिहासमा यो दोस्रो ईन्डो–नेपाल सुजन म्यूजिक अवार्ड–२०८१ को कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई रहेको छ ।
यस्तो खालको कार्यक्रमले नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील अग्रज श्रष्टा हरुलाई सम्मान तथा गीत संगीतको क्षेत्रमा नेपाल तथा भारतमा क्रियाशील गीत सुरक्षाकर्मीहरुको सहकार्यलाई प्रोत्साहन हुने आयोजक कमिटीको अध्यक्ष राना मगरले बताइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here