सर्लाही २६ चैत । सर्लाही बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लालबन्दी नगरपालिका ३ करमदन्तीका ३० वर्षीय चन्द्र बहादुर वाइबालाई मंगलबार साँझ पक्राउ गरेको हो । वाइबाले १५ वर्षीया बालिकाको बलात्कार गरेको प्रहरीले बताएको छ । उनले कुवामा पानी लिन गएको समयमा बालिकालाई बलात्कार गरेको बताइएको छ । ईलाका प्रहरी कार्यालय लालबन्दी र अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले वाइबालाई पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here