रौतहट २६ चैत । कटहरिया नगरपालिकाका उप प्रमुख नुरजहा खातुन ले श्रि जनता मा.वि कटहरिया मा क्वारेन्टाइनको अनुगमन गरेको छ।
नेपाली र भारतको बिभिन ठाउँमा गएका कामदार हरू बिभिन ठाउँबाट आएका स्वास्थ्य जाँच गरि क्वारेन्टाइनमा रहेको हो ।
उप प्रमुख नुरजहा खातुन र नेकपा युवा समाज सेवी नेता नसरुदिन अन्सारी समेत ले अनुमगन गर्दै कोरना भाइरसले विश्वभर महामारीको रुपमा सताइरहेकाले यसको रोकथामका लागि आफै सजग हुनु उत्तम उपाय रहेको उप प्रमुख नुरजहा खातुनले बताउनु भयो ।
उहाँले १५ दिन सम्म क्वारेन्टाइनमा सजग भएर एक अर्का संग नछोइकन बस्ने, सरसफाईमा ध्यान दिन र भाइरस सङ्क्रमण फैलन नदिन सजगता अपनाउन आग्रह गर्नुभयो ।
स्वास्थ्य संयोजक स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा राखेका नागरिकको अवस्था सामान्य रहेको बताउँदै उनीहरुलाई कोरना भाइरसबारे बच्ने उपायका सन्दर्भका सचेत गराउनुभएको छ ।