पर्सा २६ चैत । पर्सा करेन्ट लागेर वीरगञ्जमा एक जनाको मृत्यु भएको छ । सर्लाही बहुअर्वा गाउँपालिका १ महादेव टोलाका २८ वर्षीय दिपेश कुमार ठाकुरको मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । वीरगञ्ज महानगरपालिका २४ बहुअरी टोलमा भिनेट कम्पनीको नेट जडान गर्ने क्रममा ठाकुरलाई करेन्ट लागेको बताइएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि वीरगञ्ज हेल्थ केयरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here