राैतहट, २५ चैत ।
काेराेना महामारीका बेला गरिएको लकडाउन तथा प्रतिबन्धित क्षेत्रबाट नेपाल प्रवेशमा राेकका लागि राैतहटमा अस्थायी पाेष्टकाे स्थापना भएको छ ।
कोरोना भाइरसको महामारी फैलिन न दिन नेपाल भारत सीमा सुरक्षार्थ आवागमन नियंत्रण गर्न सशस्त्र प्रहरी बल नेपालका नम्बर ११ गण रौतहट मातहत बोर्डर आउट पोस्ट बेलबिछवाबाट राजदेवी नगरपालिका ९ ब्रह्मपुरीमा अस्थायी पोस्ट स्थापना गरिएको बी. ओ. पी. बेलबिछवाका सशस्त्र प्रहरी निरीक्षक अजय थापा ले बताउनु भएको छ।
आजै बाट स्थापना गरिएको उक्त पोस्ट र राजदेवी नगरपालिका अंतर्गत रहेको सम्पूर्ण खुल्ला नाकाहरु नगरप्रमुख धिरेन्द्र कुमार सिंह, समाजसेवी भाई नविन सिंंह र नम्बर ११ गण बाट आउनु भएका सशस्त्र प्रहरी निरीक्षक गांधीव राज स्यङ्गतान सहित को टोली द्वारा अनुगमन गरिएको छ। बी.ओ.पी. बेलबिछवा अंतर्गत रहेको सम्पूर्ण नाका हरुमा २४ सौ घण्टा सशस्त्र प्रहरीको डियूटी रहने र बॉर्डर भरी निरन्तर पेट्रोलिंग हुने सशस्त्र प्रहरी निरीक्षक अजय थापाले जानकारी गराउनु भएको छ।