रबिन्द्र यादव ।
नवलपरासी २३ चैत । नवलपरासी पश्चिमको कुडिया प्रहरी चौकीले चेकजाचको क्रममा अंइतबार सुस्ता गाउँपालिका३ शान्तिटोल बाट लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने हरुमा सुस्ता गाउँपालिका २ बस्ने बर्ष ३९ का रगंलाल गुप्ता रहेका छन । गुप्ता बाट प्रहरीले ८ वटा अनरेस, १४६ पीस नाइट्रोभेट, ५७६ वाइन स्पोन र ९ पिस आइपील सहित भारतीय युपी ५७ अ.र ८२७१ नम्बर प्लेट भएको मोटरसाइकल संगै नगद २३ हजार पचास रुपैया समेत बरामद गरेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । गुप्ताको मोबाइलमा आएको फोनको अधारमा थप दुई जनालाई पक्राउ गरि थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।
अहिले तिनै जनालाई इलाका प्रहरी कार्यालयमा राखिएको छ ।