रौतहट, २० चैत्र ।
कोरोना भाइरससँग जुधिरहेका बेला आफना वडावासीलाई भाइरसबाट जोगाउन रौतहटको गरुडा नगरपालिका वडा नं ९ रघुनाथपुरको सिस्वा टोलमा आज माक्स र साबुन वितरण गरिएको छ ।

सिस्वाका वडा अध्यक्ष राजेश कुमार सहनीले आज आफना वडामा १५ सय माक्स र ८ सय पिस साबुन वितरण गर्नुभएको छ ।

सिस्वाका प्रत्येक घरधुरीका प्रत्येक सदस्यहरुलाई एक एक पिस माक्स तथा १० जनाभन्दा कम परिवार सदस्य संख्या भएका परिवारलाई दुई दुई पिस र १० देखी २० जनासम्म परिवार संख्या रहेको परिवारलाई चार चार पिसको दरले साबुन वितरण गरेको वडा अध्यक्ष सहनीले बताउनुभयो ।

गरुडा नगरपालिकाका प्रतिनिधि अनिल कुमार यादव, वडा सदस्य विशुनदयाल यादव, राजनितिककर्मी शेख ओजैर, समाजसेवी राम बहादुर दास, समाजसेवी रामबाबु दास,छविलाल साह, राम चन्द्र दास, चन्देश्वर राय सहित वडा कार्यालयका कर्मचारी एवं नगरका सम्पूर्ण स्वास्थ्य चौकीहरुको स्वास्थ्यकर्मीहरुको उपस्थितमा उक्त माक्स र साबुन वितरण गरिएको वडा अध्यक्ष राजेश कुमार सहनीले बताउनुभयो ।

गरुडा नगरपालिका र वाडा कार्यालयकोआर्थिक सहयोगमा उक्त माक्स र साबुन वितरण गरिएको उहाँले बताउनुभयो ।

माक्स र साबुन वितरणको काम अझै पर्सिसम्म जारी नै रहने र त्यसपछि खाद्यान्न सामग्रि वितरणको काम शुरु हुने छ ।

नगरपालिकाको प्रतिनिधि तथा गरुडा नगरपालिकाका मेयर इनु रायका कान्छो छोरा समेत रहनुभएका अनिल यादवले अबको एक दुई दिन भित्रमै नगरमा अति गरिव विपन्न परिवारहरुलाई राहत वितरण गर्ने बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here