वीरगञ्ज, १९ चैत । कोरोना भाइरसका कारण पुरै नेपाल नै लकडाउन भएकाले समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गर्नका लागि नामावली संकलन गर्दा कुटाकुट भएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका–१९ स्थित बरेवा टोलमा बुधबार राहत वितरण गर्नको लागि नामावली संकलन गर्नेक्रममा टोलकै दुई पक्षबीच कुटाकुट भएको वडाध्यक्ष सन्तोष तिवारीले बताएका छन् ।
उक्त कुटाकुटमा महिला बालबालिकासहित १९ जना घाइते भएको वडाध्यक्ष तिवारीले जानकारी दिए । उनले भने घाइतेलाई भएकाहरुलाई नारायणी अस्पतालमा उपचारको लागि पठाइएको छ । लकडाउनका कारण समस्यामा परेका अति विपन्न परिवारलाई वडामा राहत वितरण गर्नको लागि नाम संकलन गर्न सर्वपक्षिय बैठकलबाट समिति बनाइएको थियो ।
उक्त समितिले वडामा भएको केहुनिया र बरवा गाउँमा लकडाउनका कारण समस्यामा परेकाहरुको नामावली संकलन गरेर राहतको लागि सिफरिस गर्ने वडाध्यक्ष तिवारीको भनाइ छ ।
वडामा दुईवटा गाउँ भएकोले छुटाछुटै दुई वटा समिति पनि बनाइएको थियो । सोही समितिका पदाधिकारीहरु नामावली संकलन गर्न गाउँमा पुगेको बेला कुटाकुट भएको छ । तर नाम संकलन गर्दागर्दै अचानक दुई पक्षबीच कुटाकुट भएको वडाध्यक्ष तिवारीले जनाकारी दिए ।
मंगलबार वीरगञ्ज महानगरपालिकाले बोर्ड बैठकबाट निर्णय गरेर लकडाउनबाट प्रभावित महानगरका गरिब तथा अति विपन्नहरुलाई राहत वितरण गर्ने निर्णग महानगरपालिकाले गरेको थियो ।
महानगरमा रहेका ३२ वटै वडामा रहेका विपन्न परिवारलाई राहत वितरण गर्नका लागि महानगरपालिकाले एक करोड बजेट छुटयाएको महानरपालिकाका मेयर विजयकुमार सरावगीले बताए ।
राहत वितरण गर्नको लागि नाम संकलन गर्न जाँदा कुटाकुट हुनु दुःखद खबर छ । घटनामा संलग्नलाई जो कोहीलाई कारबाही गरिने मेयर सरावगीको भनाइ छ । सभार टुडेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here