जनकपुर । विश्वव्यापी महामारी घोषित कारोनाभाइरसको संक्रमणबाट बच्न र उपचारका लागि प्रदेश २ सरकारले सामाजिक विकास मन्त्रालयमार्फत मातहतका निर्देशनालय, जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य आपूर्ति व्यवस्थापन, प्रत्येक पालिका, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल लगायतलाई ९ करोड ३४ लाख रुपैयाँ पठाएको छ ।
प्रदेश सरकारले प्रत्येक पालिकाका गरिब तथा मजदुरलाई ‘लकडाउन’ को अवधिमा खाना खुवाउनका लागि रकमसमेत विनियोजन गरी निकासा गरेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट ८० लाख रुपैयाँको स्वीकृत लिई विभिन्न स्वास्थ्य विभाग तथा मातहतका अस्पताललाई रकम छुट्याएर पठाएको सामाजिक विकास मन्त्रालय मातहत रहेको स्वास्थ्य महाशाखाका प्रमुख नवलकिशोर झाले जानकारी दिए ।

महाशाखा प्रमुख झाका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालयलाई ८ लाख, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई १५ लाख र जनस्वास्थ्य प्रयोगशालालाई ५ लाख रुपैयाँ सामाजिक विकास मन्त्रालयमार्फत दिइएको छ ।
त्यस्तै प्रादेशिक अस्पताल जनकपुरलाई १२ लाख रुपैयाँ, प्रदेश नम्बर २ को ८ वटै जिल्ला अस्पताललाई १०–१० लाख रुपैयाँ र प्रत्येक पालिकालाई ५ लाख रुपैयाँको दरले पठाइएको झाले जानकारी दिए । संभार रातोपाटी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here