रौतहट १२ चैत । रौतहट जिल्लको यमुनामाई गाउँपालिकाका अध्यक्ष श्री प्रसाद मुखियाले कोरोना भाइरसबाट बच्न गापा क्षेत्रका अन्तरगतका प्रत्येक वाडको गाउँ गाउँमा बुधबार सबुन पानिको व्यवस्था गरेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाईरसको संक्रमणबाट आफनो नगरवासिमा साबुन पानिको व्यवस्था गरिएको अध्यक्ष मुखियाले बताएका छन ।

अध्यक्ष मुखियाले आफ्नो गापा क्षेत्रका नागरिकलाई कोरोना भाइरसबाट बच्न बेलाबेलामा साबु नपानीले मिचिमिची हात धुन भीडभाडमा नजान खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुख कुहिनाले ढाकन हात मिलाउनु वा अंकमाल गर्नुको सट्टा नमस्कार गर्न ज्वरो आएमा वा खोकी लागेमा सतर्कता अपनाउन आग्रह समेत गरेका छन ।