कलैया, ११ चैत । कोरोना भाईरस (covid-19 ) को संक्रमण नेपालमा पनि देखिन थालेपछि सोमवार बसेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड(१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको थियो । सोही बमोजिम बारा जिल्ला सदरमुकाम कलैया सहित देश भरक पसलहरु बन्द भएका छन् । त्यस्तै मानिसहरुको चहलपहल पनि न्यून देखिएको छ । साझेदारीसग कुरा गदै कलैयाउपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले कलैया उपमहानगरपालिकाको निर्णय र हिजो बसेको जिल्ला समन्वय समितिको बैठकको निर्णय बमोजिम कलैयामा रहेका अत्यावश्यक बाहेक सबै पसलहरु बन्द हुने त्यस्तै बन्द नगरे नगरप्रहरी तथा नेपाल प्रहरीको साथ लिएर यस कार्यमा अगाडि बढने जानकारी दिएका छन् । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिने बाराका प्रमुख जिल्ला अधिकारी रूद प्रसाद पण्डितले साझेदारीलाई जानकारी दिएका छन् ।