रौतहट ११ चैत । रौतहटको चन्द्रनिगाहपुरमा तीन स्थानीय तहको संयुक्त लगानीमा आइसोलेशन वार्ड र क्वारेन्टाइनको स्थापना हुने भएको छ। चन्द्रनिगाहपुर स्थित महिला फुटबल मैदानमा आइसोलेशन वार्ड वनाउने तिनै स्थानीय तहले निर्णय गरेको वृन्दावन नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी गराएको छ।

आइसोलेशन वार्ड र क्वारेन्टाइन निर्माणको लागि चन्द्रपुर नगरपालिकाले २० लाख, बृन्दावन नगरपालिकाले १० लाख र गुजारा नगरपालिकाले १० लाख रुपैयाँ छुट्याएको हाे ।
त्यस्तै कोभिड 19 को जोखिम न्यूनीकरणको लागि आवश्यक सचेतना फैलाउने काम नगरपालिकाले संचालन गरिरहेको बृन्दावन नपाका निमित प्रमुख प्रशासकीय अधिकृत यादवले बताएका छन्।