काठमाडौं ३ फागुन  ।

उप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकको समग्र आर्थिक नीति पुनरावलोकन गर्ने तयारीमा रहेको बताउनुभएको छ । अर्थमन्त्री पौडेलले मुलुकभित्र नै उत्पादन वृद्धि,रोजगारी सिर्जना,राष्ट्रिय आयमा वृद्धि र आयात प्रतिस्थापन गरी निर्यात वृद्धि गर्नको लागि भएपनि समग्र आर्थिक नीतिकै पुनरावलोकन गर्ने पक्षमा रहेको बताउनुभएको हो । अर्थमन्त्री पौडेलले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्नको लागि मुलुकको आर्थिक नीतिकै पुनरावलोकन नजिक रहेको बताउनु भयो । उहाँले वर्तमान सरकार आर्थिक नीतिको पुनरावलोकन गर्न सम्पूर्ण ध्यान केन्द्रित भएको बताउनु भयो । उहाँले सरकारले मुलुकको आर्थिक नीति अनुसार आयात प्रतिस्थापन,निर्यात प्रवद्र्धन,रोजगारी सिर्जना,उत्पादन वृद्धि गर्ने भन्दै आएपनि अपेक्षा अनुसार नतिजा आउन नसकेको स्वीकार गर्नुभयो । उहाँले विगतमा नेपाल कतिपय वस्तुहरुमा आत्मनिर्भर रहेको भन्दै अहिले ती वस्तुहरुमा पनि परनिर्भरता
बढ्दै गएको बताउनु भयो । उहाँले वर्ततमा अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकारले नीतिहरु परिमार्जन गर्ने आवश्यक कदम चाल्नुपर्ने क्षणमा आएको बताउनु भयो । उहाँले आगामी वर्षको बजेट ल्याउने समयसम्म आर्थिक
नीतिलाई पुनरावलोकनका काम सक्ने पक्षमा रहेको बताउनु भयो । त्यस्तै अर्थमन्त्री पौडेलले नीतिगत प्राथमिकता र न्युनतम साझा कार्यक्रमलाई सरकारको कार्यक्रमको रुपमा लिएको बताउनु भयो । उहाँले नीतिगत प्राथमिकता र न्युनतम साझा कार्यक्रममा वर्तमान अर्थतन्त्रका समस्या र समाधानको विषयमा समेटिएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको
कुराकानीमा उहाँले साझा कार्यक्रम कार्यान्वयनको चालु आर्थिक वर्षभित्र नै कार्यान्वयन गर्न सम्भव नभएको बताउनु भयो । उहाँले वर्तमान अवस्थामा मुलुक आर्थिक सामथ्र्यमा कार्यान्वयन गर्न सम्भव नभएकाले नीतिगत प्राथमिकता र न्युनतम साझा कार्यक्रम कार्यान्वयनको समय सीमा ५ वर्षको रहेको बताउनु भयो । अर्थमन्त्री पौडेलले वर्तमान सरकारमा भएका दलहरुको सहकार्य पाँच वर्षका लागि भएको बताउनु भयो । उहाँले पाँच वर्षको कार्यक्रममा सरकारले अर्थतन्त्रका चुनौतिहरु पनि सामना गरी अर्थतन्त्रलाई सवल तुल्याएरै छोड्ने दाबी गर्नुभयो । उहाँले नीतिगत प्राथमिकता र न्युनतम साझा कार्यक्रम समावेश गरेका कार्यक्रमलाई सरकारले कार्यान्वयन गर्ने सामथ्र्य आर्जन गर्ने पनि बताउनु भयो । नोटः यो समाचार हामीले बाइट लिएर बनाएका हौँ । आफ्नो अनुकुलतामा प्रयाग गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here