वीरगञ्ज,९ चैत । वीरगञ्जका एकजनालाई कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन् ।
पर्साको वीरगञ्ज महानगरपालिका १० आदर्शनगरका ६७ वर्षीय शिवकुमार रुंगटालाई पटना मेडिकल कलेजमा चेकजाँच गराउने क्रममा कोरोना संक्रमणको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले आज पुष्टी भएको सार्वजनिक गरेका हुन् ।
भारतबाट सात दिनपहिले नेपाल फर्केका रुंगटा चारदिनअघि अस्वस्थ भएपछि वीरगञ्जको एक अस्पतालमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि पटना पुगेका थिए। उनको मिर्गौला प्रत्यारोपणा गरिएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखिएको छ । साथैउनको परिवारलाई पनि आइसोलेसनमा राखेको भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरे पनि स्थानीय स्तरमा यसको अधिकारीक पुष्टी भएको छैन् ।सभार टुडेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here