राजविराज ८ चैत । कङ्कालिनी नगरपालिकामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सप्तरीको हनुमानगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहमा शनिबार बिहान ट्रकले साइकल ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारदाह बस्ने ३० वर्षीय कामी मुखिया रहेको प्रहरी निरीक्षक बाबुराम कार्कीले बताउनुभएको छ । ठक्करबाट गम्भीर घाइते भएका मुखियाको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कार्कीले जानकारी दिनुभएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१ख ७३०८ नम्बर को ट्रकले मुखिया सवार साइकललाई ठक्कर दिएको प्रहरीले बताएको छ । सभार जनता समाचार