काठमाडौँ १ चैत । विश्व स्वास्थ्य संगठन डब्लूएच ओ का महानिर्देशक डा टेड्रसले अधानोम ग्रेहबेयससले कोरोना भाइरस कोभिड–१९० को महामारीलाई औंल्याउँदै ‘आफूहरूले खतराको घन्टीलाई चर्को रूपले बजाएको’ बताएका छन् । कोरोना भाइरस परिवारबाट फैलिएको पहिलो
महामारी, कोभिड–१९ अब कुनै पनि दिशातर्फ अघि बढ्न सक्ने उनले बताए ।
अमेरिकाको वासिङ्टनस्थित लाइफ केयर सेन्टरमा कार्यरत सफाइ कर्मचारीलाई कीटाणुनाशक रसायन छर्किँदै तस्बिर स् रोयटर्स डा टेड्रोसले बुधबार जेनेभामा भर्चुअल पत्रकार सम्मेलनमा बताएअनुसार पछिल्लो दुई सातामा चीनबाहिर यो संक्रमण १३ गुणा बढेको छ भने प्रभावित मुलुकको संख्यामा समेत व्यापक वृद्धि भएको छ । उनले अगामी दिनमा संक्रमित र मृतक संख्यासहित प्रभावित मुलुकको संख्या अझै बढ्ने चेतावनी पनि दिए ।
कोभिड–१९ को यो भयावह अवस्था एक्कासि आएको भने हैन । विश्वभर अंग्रेजी नयाँ वर्ष २०२० मनाउने तयारी चलिरहँदा डिसेम्बर २९ मा चिनियाँ अधिकारीले वुहान सहरको एउटा समूहमा ‘निमोनिया’ जस्तै समस्या देखे । यो समस्या नयाँ कोरोना भाइरसका कारणले हुने पत्ता लाग्यो । पछि यसलाई कोभिड–१९ नाम दिइयो । चीनबाहिर थाइल्यान्ड र जापान हुँदै फैलिइएको कोभिड–१९ विश्वका १ सय ४० भन्दा बढी राष्ट्रमा पुगिसकेको छ । रोकथामका कडा उपाय अपनाएपछि चीनमा लगभग नियन्त्रण हुन लागे पनि विश्वको अन्य भागमा भने तीव्र गतिमा फैलिइरहेको छ ।
विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले कोभिड–१९ लाई गत बुधबार विश्वव्यापी महामारी घोषणा गरेपछि नेपालले समेत थप सतर्कता, तयारी र आम नागरिकबीच सजगता अपनाउन आवश्यक देखिएको छ । हालसम्म चीनबाट फर्केका एक विद्यार्थीलाई यो संक्रमण देखिए पनि उनी पूर्ण स्वस्थ भइसकेका छन् । उनीबाहेक नेपालमा हालसम्म थप संक्रमण देखिएको छैन ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा।जीडी ठाकुर हालसम्म नेपालमा कोरोना भाइरस संक्रमण नदेखिए पनि भोलिका दिनमा यसले व्यापक रूप लिन सक्ने जोखिम रहेको बताउँछन् । उनका अनुसार मुलुकको अस्तव्यस्त स्वास्थ्य सेवा र भेन्टिलेटरसहितको आईसीयू अभावकै बीच संक्रमण देखिए स्थिति कस्तो होला, सहजै अनुमान गर्न सकिँदैन । छिमेकी भारतमा संक्रमित संख्यामा वृद्धि भइरहेको र एक जनाको मृत्युसमेत भइसकेकोले नेपाल पनि संक्रमणबाट मुक्त रहन सक्ने सतप्रतिशत स्थिति नरहेको उनी बताउँछन् । यसैले सरकार र आम नागरिकले समेत यो रोग मुलुकमा फैलिन नदिन रोकथामका उपाय अपनाउन आवश्यक रहेको डा। ठाकुर औंल्याउँछन् ।
कोभिड–१९ लाई रोक्न विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले संक्रमणको कडी तोड्ने ९ब्रेक द चेन अफ ट्रान्समिसन० रणनीति अपनाइरहेको छ । डा। टेड्रसका अनुसार यो रणनीतिअन्तर्गत यथाशीघ्र संक्रमण पत्ता लगाएर बिरामीलाई आइसोलेसनमा राखेर उपचार गर्ने गरिएको छ । यसै रणनीतिले चीनमा संक्रमण दर घट्दो छ ।
‘कोभिड–१९’ संक्रमणविरुद्घ हालसम्म कुनै खोप र विशिष्ट उपचार पत्ता लागेको छैन । संक्रमितमा देखिने लक्षणका आधारमै उपचार गरिँदै आएको छ । डा। टेड्रसका अनुसार विश्वभर करिब २० वटा खोप र केही औषधि विकासको क्रममा छन् । केही महिनाभित्रै कोरोनाको खोप आउन सक्ने भए पनि हाललाई भने यसबाट बच्नु नै महत्त्वपूर्ण हुने उनी बताउँछन् ।
कोभिड–१९ को सामान्य लक्षण ज्वरो आउनु र सुक्खा खोकी लाग्नु हो । हालसम्मको अध्ययनअनुसार कोभिड–१९ संक्रमण लाग्ने संक्रमितलाई सायदै रुघा लाग्ने हुन्छ । आधा लाखभन्दा बढी व्यक्तिमा गरिएको अध्ययनअनुसार यसको संक्रमण प्रभावित करिब ९० प्रतिशत मामिलामा ज्वरो देखिएको छ भने दुई तिहाइ व्यक्तिलाई सुक्खा खोकी ९ड्राई कफ० समेत देखिएको छ । थकान महसुस हुनु पनि यसको सामान्य लक्षण हो । करिब ४० प्रतिशत संक्रमितमा थकान देखिएको छ ।
कोभिड–१९ संक्रमित हरेक तेस्रो व्यक्तिले खोक्दा खकार आउने गरेको अनुभव गरेका छन् । करिब ५ जना प्रभावितमध्ये एक जना अर्थात् १८ प्रतिशतले सास फेर्न असजिलो हुने अनुभव गरेका छन् । कोभिड–१९ को भाइरस शरीरमा प्रवेश गरेको ५–६ दिनमा यसको लक्षणको विकास हुने गरेको छ । यसको औसत लक्षण ५ देखि ६ दिनमा देखिने भए पनि १४ दिनपछि पनि लक्षण देखिन सक्ने डब्लूएचओले जनाएको छ ।
डब्लूएचओका अनुसार औसत रूपमा यो रोग दुई सातासम्म रहन्छ । तर गम्भीर मामिलामा यो समय तीनदेखि छ सातासम्म हुन सक्छ । संक्रमणले मृत्यु हुनेबारे अध्ययन गर्दा लक्षण देखिएदेखि मृत्युसम्मको समय दुईदेखि आठ सातासम्मको थियो । कोभिड–१९ मौसमी रुघाखोकी ९इन्फ्लुएन्जा० फैलिने प्रक्रियाजस्तै संक्रमित व्यक्तिबाट अर्को स्वस्थ व्यक्तिमा श्वासप्रश्वासको माध्यमले फैलिन्छ । यो मुख, नाकबाट निस्किने पानीका ससाना कण ९ड्रप्लेट० बाट एक व्यक्तिबाट अर्को निकट सम्पर्कमा रहेको व्यक्तिमा फैलने गरेको छ । प्रत्यक्ष रूपमा नाक, मुखबाट निस्किने पानीका स–साना थोपालाई श्वासप्रश्वासका माध्यमले शरीरमा तान्दा यो संक्रमण हुन्छ ।
यसबाहेक नाक, मुखबाट निस्किने यस्ता पानीका थोपा कुनै वस्तु वा सतहमा पर्दा त्यसलाई छुने स्वस्थ व्यक्तिको हातसमेत जीवाणुले संक्रमित हुन्छ । यस्तो हातले पुनः आँखा, नाक, मुख छुँदा जीवाणु शरीरमा प्रवेश गर्छ । खोक्दा, हाच्छिउँ गर्दा निस्किने पानीको स–साना थोपामा यस्तो भाइरस हुन्छ । त्यसैले रुघाखोकी लागेका बिरामीसँग न्यूनतम एक मिटरको दूरी कायम राख्दा र नियमितरूपमा साबुनपानीले हात धुने गर्दा श्वासप्रश्वासको माध्यमले हुने संक्रमणको जोखिम कम हुन्छ ।
डब्लूएचओका अनुसार धेरैजसो व्यक्ति अर्थात् करिब ८० प्रतिशतमा विशेष उपचार नभएरै कोभिड–१९ रोग निको हुन्छ । संक्रमण भएका ६ जनामध्ये एकजना गम्भीर रूपमा बिरामी पर्छन् र उनीहरूमा सास फेर्न समस्या देखिन्छ । बूढापाका र उच्च रक्तचाप, मुटुको समस्या, मधुमेह आदि भएकाहरू गम्भीर रूपमा बिरामी हुन सक्छन् ।
डा। टेड्रसका अनुसार हालसम्मको विभिन्न तथ्यांकअनुसार ६० वर्षमाथिका मुटु र रक्तनलीका रोग भएका, मधुमेह, श्वासप्रश्वास, क्यान्सर, दीर्घरोगीमा संक्रमण कडा रूपमा देखिएको छ । हालसम्म संक्रमितको तथ्यांकलाई विश्लेषणअनुसार बालबालिका कोभिड–१९ बाट धेरै कम प्रभावित देखिएका छन् । ९ वर्ष सम्मका बालबालिकामा यो संक्रमणले मृत्यु भएको देखिएको छैन भने १० देखि १९ वर्ष उमेरका व्यक्तिमा ०।२ प्रतिशत मात्र मृत्युदर देखिएको छ ।
डा। टेड्रोसले सबै मुलुकलाई आपतकालीन प्रतिक्रिया प्रणाली अपनाउन आग्रह गरेका छन् । बिरामी व्यक्तिसँग दूरी कायम राख्नु, श्वास–प्रश्वास र हातसम्बन्धी स्वच्छताको नियम अपनाउनुलगायत बचाउका उपाय फाइदाजनक हुने डब्लूएचओले जनाएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डे हात धुने, श्वासप्रश्वासम्बन्धी स्वच्छताको बानी अँगाल्दा यो संक्रमणबाट धेरै हदसम्म बच्न सकिने बताउँछन् । सभार कान्तिपु