काठमाडौं १ चैत । पश्चिमी वायुको प्रभावले देशका केही स्थानमा असिना पानीसहित हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले देशका पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहि मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।
साथै, पूर्वी भागका केही स्थानमा भने हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ । पूर्वानुमानका अनुसार देशका केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।
यसैगरी, राति देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ। देशका पश्चिमी भू–भागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी भू–भागका केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग, असिना, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। सभार जनता समाचार








