रौतहट, १७ फागुन ।
रौतहटको राजपुर नगरपालिका वडा नं. ९ बैरियामा रहेको मदरसा जोबैरिया गर्लसमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले अनुगमन तथा निरिक्षण गरेका छन् ।
रौतहटका मुस्लिम समुदायको समस्या पहिचानका लागि आएका अध्यक्ष अंसारी मदरसा अनुगमनका क्रममा अध्यनरत छात्राहरूको पढाइ बारे जानकारी लिएका छन् ।
अनुगमन तथा निरिक्षणमा रहेका अध्यक्ष अंसारी २०७२ सालको मधेश आन्दोलनमा शहादत भएका रौतहट राजपुर नगरपालिका वडा नम्बर ८ बलुवाका मधेश शहिद शेख मैनुदिनका परिवार समेतलाई भेटेका छन् ।

स्वर्गीय मैनुदिनका श्रीमति तथा आमासंगको भेटमा अध्यक्ष अंसारीले उनलाई नगद सहयोग समेत गरेका छन् ।
यस्तै मधेश आन्दोलनका अर्का शहिद परोहा नगरपालिका वडा नं. ५ तेजापाकडका स्वर्गिय मोहमद तबरेज आलमका बुबा संग भेटघाट गरि घटनाबारे आयोग अध्यक्ष अंसारीले जानकारी दिदैं नगद सहयोग गरेका छन।
अध्यक्ष अंसारी रौतहट देवाहि गोनाही नगरपालिका वडा नम्बर २ का मा रहेको हफसा गल्र्श मदरसा मा आजै अनुगमन तथा निरिक्षण गर्दैं मदरसामा अध्यनरत छात्राहरू संग पढाइ बारेमा सोधपुछ गरेका थिए ।

उपस्थितमा रहेको मदरसा को र गाउँको नेता गन र बुद्धिजीवी र दुर्गा गाउँपालिकाको नि।प्रमुख जगत साह र दुर्गा गाउँपालिका नेकपा नगर कमिटी अध्यक्ष शम्भु सिंह र थियो ।

अनुगमन तथा निरिक्षणका क्रममा अध्यक्ष अंसारीसंग गल्र्श मदरसा मोदरीस मोहमद अबदुल हक अर्का मदरिस मोलना सोअएब, दुर्गा भगवती गाउँपालिका निमित प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद साह, दुर्गा गाउँपालिका नेकपा नगर कमिटी अध्यक्ष शम्भु सिंह, रौतहटएक्सप्रेस अनलाइन का संचालक तथा सम्पादक मोहमद मजिबुल्लाहका साथै स्थानिय गाउँका नेतागन एवम बुद्धिजीवीहरु उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here