राैतहट । रौतहट जिल्लाको सदरमुकमा गौर नगरपालिका नगर प्रमुख अजय कुमार गुप्ताले नेपाल रेडक्रस सोसईटी गौर शाखामा बल्ड बैँकको स्थापनाको लागि भवनको सिलान्यास गर्नु भएको छ ।
करिव १ करोड १० लाखको लागतमा हुन लागेको बल्ड बैँकले रौतहट बल्ड संकलन र भण्डारको लागि उपयूक्त हुने भएको देखिन्छ । बल्ड बैँकको अनुमानीत लागत १ करोड १० भए पनि हाल गौर नगरपालिकाले १५ लाख वियोजित गरिएको सोही अनुसार उक्त भवनको सिलान्यास गरिएको नगर प्रमुख गुप्ताले जनकारी गराए ।
अपुग रकम जिल्लाको सवै स्थानिय तहले दिने प्रतिवद्धता जनाए पनि त्यसमा खासै चासो नदिएको गुनासो गर्दै नेपाल रेडक्रस सोसाईट रौतहटका सभापत संजिव मल्लीकले, हामीले फेरी अपुग रकमको लागि छिटै सवै स्थानीय सरकार संग मागँ गर्ने बताए ।
मानवको लागि अति आवश्यक रहेको रगतको व्यवस्थापनको लागि निमार्ण हुन लागेको बल्ड बैँकको भवनको लागि आवश्यक रकम सवै स्थानिय तहले सहयोग गर्नु पर्ने देखिन्छ ।