आरके श्रीवास्तव ।
रौतहट, ७ फागुन ।
रौतहट जिल्लाको मौलापुर नगरपालिका वार्ड नम्बर ५ पतौरामा चलिरहेको मधानी महायज्ञमा नेपालका सम्मानिय राष्ट्रपति विधादेवी भण्डारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले सहभागीता जनाउनु भएको छ । महायज्ञलाई सम्बाेधन गर्दै मुख्यमन्त्री राउतले छाेरी शिक्षा बिमा रकम लाई प्रदेश सरकारले ३ लाख बनाएकाे र राैतहट का पालिका प्रमुखहरू लाई बिमा रकम बढाएर ६ लाख बनाउन अाग्रह गर्नु भएको थियोे । प्रदेश २ कि छाेरीहरूकाे खातामा २० लाख रकम पुर्याउने अाफनाे लक्ष्य रहेकाे बताए । प्रदेश २ सुगम ठाउँ भएपनि मानव विकास सुचकांकमा पछाडि परेकाे र त्यसमा पनि राैतहट सबभन्दा पछाडि रहेको भन्दै केन्द्र सरकार ,प्रदेश सरकार र स्थानीय सरकारकाे यता तर्फ ध्यानाकर्षण गराउनु भएको थियो । प्रदेश सरकारले महिला काे लागि ५० प्रतिशत सिट अारक्षण गरेकाे बताउदै कार्यालय प्रमुखहरूमा महिला सहभागीता बढाउन प्रदेश सरकार लागेको बताएका थिए । मुख्यमन्त्री राउतले प्रदेश सरकार बाट दलित सशक्तीकरण एेन ल्याउन लागेकाे जानकारी दिदै याे एेन पास हुने प्रक्रियामा रहेको बताउनु भयाे । याे एेन पारित भएमा दलित विधार्थीहरू लाई उच्च शिक्षा ,खान र बस्न प्रदेश सरकारले व्यवहाेर्ने बताए । महायज्ञलाई सम्बाेधन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश २ सरकारकाे महत्वाकांक्षी याेजना बेटी पढाउ,बेटी बचाउ अभियान प्रशंसनीय रहेकाे बताईन् । महायज्ञमा पशुपतिनाथ मन्दिरका मूल भट्टद्वारा मन्त्रोचारण गराई राष्ट्रपति भण्डारीले विशेष पूजा गरेकी थिईन् । राष्ट्रपति भण्डारीकाे प्रमुख अातिथ्यमा सम्पन्न भएको कार्यक्रमकाे विशिष्ट अतिथि प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत गद्दी रहनु भएको थियो । माैलापुर नपाकी मेयर रिना कुमारी साहकाे सभाध्यक्षतामा भएको कार्यक्रमकाे अवसरमा प्रदेश २ प्रमुख तिलक परियार , सांसद प्रभु साह,प्रदेश सांसद कुन्दन कुशवाहा,भाेजपुरी सुपर स्टार नायक दिनेश लाल यादव निरहुअा,अम्रपालि दुब्बे, सहित जिल्ला अधिकांश पालिका प्रमुख,उपप्रमुख,संघिय सांसदहरू, प्रदेश सांसदहरूकाे सहभागीता रहेको थियो । पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले भ्रमण वर्ष २०२० लाई लक्षित गरि जिल्लाको मौलापुर नगरपालिकाले सोमबार पुरातात्तिवक महादेव मन्दिरको प्राङ्गणमा मधानी महायज्ञ २०७६ आयोजन गरेको हाे । पतौरास्थित मन्दिर प्राङ्गणमा हुने उक्त महायज्ञ भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना गरिएकाे हाे । आयोजक मौलापुर नगरपालिकाले यस अवसरमा कम्तीमा पनि ३ लाख पर्यटक भित्रयाउने लक्ष्य लिएको छ । यस क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले कार्यक्रम आयोजन गरिएको छ । फागुन ४ गते शिवलिला प्रदर्शन, ५ गते महायज्ञ शुभारम्भ तथा नेपाली कलाकारहरुको सांस्कृतिक प्रस्तुतिको कार्यक्रम रहेको थियोे । महायज्ञको सह आयोजक निर्विज प्रोडक्सनका विजय यादव निर्विजका अनुसार भोजपुरी सिनेमा क्षेत्रका चर्चित नायक तथा गायक दिनेशलाल यादव निरहुआ, नायिका आम्रपाली दुबे, गायिका इन्दु सोनाली तथा नेपाली कलाकारहरु केकी अधिकारी, निखिल उप्रेती लगायतको अाज राति सांस्कृतिक प्रस्तुति रहने आयोजक समितिले बताइएक