नेपाल प्रिमियर लिग (एनपीएल)को टोली लुम्बिनी लायन्सको मुख्य प्रायोजक एनसेलले गर्ने भएको छ ।आइतबार आयोजित एक कार्यक्रमकाबीच लुम्बिनी लायन्स र एनलेसबीच सम्झौता भएको हो ।लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जब्बर काइमोभले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।एनसेलका सीईओ काइमोभले लुम्बिनी लायन्ससँग सहकार्य गर्न पाउँदा गौरव महसुस गरेको बताए । उनले टीमलाई सफलताको‌ शुभकामना समेत दिए ।टोलीका ब्रान्ड एम्बेसडर राजेश हमाल, कप्तान रोहितकुमार पौडेल, अध्यक्ष जिसी, काइमोभलगायत खेलाडीको उपस्थितिमा लुम्बिनी लायन्सले जर्सी सार्वजनिकसमेत गरेका थिए ।एनलेस एनपीएलको पावर्ड बाई पार्टनरको रूपमा पनि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here