रौतहट, ३ फागुुन ।
रौतहट स्थित एकजना साहुुले ५० हजार दिएर १८ लाखको तमसुुक बनाई घरजग्गा समेत लिलाम गरेपछी एक परिवार बिच्चलीमा परेको छ ।
जिल्लाको गरुडा नगरपालिका वडा ५ का साहुु जयकिसोर महतोले सोही वडाका जयनारायण यादवलाई मात्र ५० हजार रुपैया दिएर १८ लाखको तमसुक बनाई घरखेत समेत लिलाम गराएका छन ।
राजपुर नगरपालिका ३ नरकटियाका नायब सुब्बा समेत रहेका महतोले १८ लाखको तमसुकको आधारमा जिल्ला अदालत गौर बाट यादवको ६ धुर जग्गामा रहेको घर र २३ कठा खेत लिलाम गरेर पटक पटक घर खालीगर्न दवाब समेत दिरहेका छन ।
आर्थिक बिप्पनताको कारण यादव परिवार अदालतमा प्रतिउतर समेत गराउन सकेनन । अहिले यादव परिवार सुकुम्बासी बनेका छन ।
भत्किने संघारमा रहेको खपडाको छाना भएको घर महतोले मेरा घर हो भन्दै मर्मत समेत गर्न नदिएकाले जयनारायण यादव अहिले खेतमा सोनो टहरा बनाएर बस्न बाध्य भएका छन ।
साहुु महतोले पटक पटक घर खालीगर्न गाली गलौज समेत गर्न थालेपछी यादवको परिवार अहिले बिच्चलीमा परेका छन ।
आफुले मात्र ५० हजार रुपैया लिएको र गाँउलेको रोहवारमा उक्त साँवा रकमको ब्याज सहीत ७५ हजार रुपैया अर्का साहुुसंग कर्जा लिएर महमदपुरका पुर्व गाविस अध्यक्ष रामप्रसाद यादवको जिम्मा लगाएको छुु ।
तर आरोपी जयकिसोर महतोले साँवा ब्याजको रकम न लिएर मलाई झुुक्याएर भर्पाई भन्दै १८ लाख रुपैयाको तमसुक बनाएर पिडित यादवले बताए ।
पटक पटक गाँउमा पञ्चायती गर्दा गाँउका सबै भद्रभलादमीले पैसा लिएर जग्गा फिर्तागर्न भन्दा महतोले कसैको वास्ता नगरेको पिडित यादवले दुुखेसो पोखेका छन।
प्रहरीमा निवेदन दिंदा लेनदेनको मुद्धा हो हेर्न मिल्दैन भनेर फकाउँछन,पञच भलादमीको कुरो मान्दैन अब कहाँ जाने गहभरी आसुु लिएर ७० बर्षिय बृद्ध यादवले दुुखेसो पोखेका छन । साबिक महमदपुर गाविसका पुर्व अध्यक्ष रामप्रसाद यादवले पिडित यादव पञ्चायतीको निर्णय अनुसार साँवा ब्याज समेत फिर्तागर्न ७५ हजार रुपैया आफुलाईल्याएर दिएको स्विकार गर्दै रकम लैजान पटक पटक पिडक महतोलाई भन्दा नमानेर आलटाल गर्दैआएको बताएका छन ।
मात्र ५० हजारमा कसरी बन्यो १८ लाखको तमसुुक
पिडित जयनारायण यादवका जेठा छोरा जँडयाहा नन्दकिसोर यादवले बाबुु बाहिर गएको मौकाछोपी सपरिवार बसीरहेको घरेडी साविक महमदपुर ३ कि।न।३९८ को ६ धुर जग्गा बेच्नुु छ भनेर साहुु जयकिसोर महतो संग २०७२ अषाढमा ५० हजार रुपैया ब्याना अर्थात कुरो छिनेर एडभान्स स्वरुप लिएका थिए । बाहिर बाट घर फर्केलगतै सपरिवार बस्ने घर घरेडी कसरी बेच्ने भन्दै ब्यानामा दिएको ५० हजार रुपैया फिर्ता गर्न जयनारायणले गाँउमा पञ्चायती राखे । पञ्चायतीमा स्थानिय भद्रभलादमीले ब्याना लिएर गल्ती गरेको ठहर गर्दै यादवले साहुु महतोलाई ७५ हजार रुपैया दिनुुपर्ने निर्णय गरे ।
निर्णय अनुसार अन्य साहुु महाजन बाट कर्जा लिएर यादवले ७५हजार रुपैया पुर्व गाविस अध्यक्ष रामप्रसाद यादवको जिम्मा लगाएका थिए ।
तर उक्त रकम नलिएर केहीसमय पछी महतोले यादवको टायर गाडा गोरुसहीत नियन्त्रणमा लिएर आफनो घरमा लिएर गएका थिए ।
उक्त टायरगाडा गोरुमाग्न गएका यादवलाई टायरगाडा गोरु फिर्ता गर्न भर्पाई बनाउनुु पर्छ भनी थर्काउदै निरक्षर यादव संग साहुु जयकिसोर महतोले १८ लाखको कपाली तमुसुुकमा हस्ताक्षर गर्न लगाए ।
सोही तमसुकको आधारमा महतोले जिल्ला अदालतमा मुद्धा हालेपछी अदालत बाट यादव सहीत सपरिवार बस्दैआएको कच्ची खपडाको घर र २३ कठा खेत लिलाम गराएका थिए । अदालत बाट मुद्धाको समन आउँदा आफुुसंग तमसुक गराएको भनी चाल पाएको पिडित जयनारायण यादवले दुुखेको पोखेका छन ।
सो पछी पटक पटक गाँउमा पञ्चायती राख्दा महतोले कसैको कुरो नमान्ने प्रहरीले लेनदेनको मुद्धा हेर्न मिल्दैन भनेर फर्काउने गरेकाले आफुु समस्यामा परेको पिडितले बताएका छन ।
उता पिडिक भनिएका नायव सुब्बा जयकिसोर महतोसंगको कुरोकानीमा आफुले मात्र ५० हजार रुपैया दिएर १८ लाखको कपाली गराएको र सोही कपाली तमसुकको आधारमा जयनारायण यादवको घर खेत लिलामी गराएको स्विकार गरेका छन ।
यादवको ६ धुर घरेडी खरीदगर्न आफनो ५ कठा खेत बेचेर पैसा जम्मा गरेको थिए । जग्गा पासगर्न भनेर सोहीसमय १८ लाखको तमसुक बनाएर एकजना गाँउका पञ्चको जिम्मा राखेको थियो । पछी अन्य मानिसको दवाबमा परेर सो जग्गा पास नगरेको कारण गाँउका एकपक्षको सलाह अनुसार सोही तमसुकको आधारमा मुद्धा गरेको बताए ।
महतोले आफुलाई पनी मार्का नहुनेगरी सहमती भएमा यादवको जग्गा फिर्तागर्ने प्रतिवद्धता जनाएका छन । संभार ः कटहरिया एफ.एम ।