रौतहट, ३ फागुन ।
ईशनाथ नगरपालिका वडा नं. २ मा निःशुल्क आँखा शिविर शनिवार सम्पन्न भएको छ ।
सुदर्शन आँखा अस्पताल गौरको प्राविधिक सहयोग तथा ईशनाथ नगरपालिकाको आयोजनामा नपाको २ वडा मा पर्ने श्री प्राथमिक विद्यालय औरैया (माडवारी टोल)मा सो शिविर संचालन गरिएको थियो ।
शिविरको उदघाटन गर्दै ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष कुमार मेहताले आँखा शिविर पूर्ण रुपमा निःशुल्क भएको स सोको फाईदा सबैले उठाउन आग्रह गर्दै नगरपालिकाको पूर्ण सहयोग रहेको बताएका थिए ।
आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई सहयोग गर्ने कुरा बताउनु भयो । उक्त शिविरमा ईशनाथ नगरपालिका लगायत अन्यत्रका करिब ५०० भन्दा बढीले व्यक्तिहरुले निःशुल्क आँखा जाँच गराएका छन् ।

शिविरमा ईशनाथ नगरपालिकाका २ नं. वडाका वडाध्यक्ष रामलक्षण साह, समाजसेवी शेख समसाद लगायतको उपस्थिति रहेको थियो ।
शिविर सफलता पूर्वक संचालनका निम्ति सुर्दशन आँखा अस्पताल गौरबाट आएका सम्पूर्ण टिमहरुमा मेयर मेहताले धन्यवाद ज्ञापन गरेका छन् ।