रौतहट, २ फागुन ।
प्रदेश नं. २ सरकारको घोषित छोरी शिक्षा विमा कार्यक्रम आजबाट रौतहटको देवाही गोनाही नगरपालिकामा सुरु भएको छ ।
देवाही गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र पटेलको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय द्वारा आयोजित तथा प्रभु बैंकको वित्तीय सहकार्यबाट संचालित मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान, छोरी शिक्षा बिमा र मुद्धती बचत कार्यक्रममा आरम्भ गरिएको हो ।
नगर प्रमुख धर्मेन्द्र पटेलले आज शिविरको उदघाटन गर्नु भएको हो ।
कार्यक्रममा उप प्रमुख परनिया देवी वडा अध्यक्ष ब्रह्मदेव राउत कुर्मी, वडा अध्यक्ष जगरनाथ राय, देवाही इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेदनी साह, शसस्त्र प्रहरी निरीक्षक सन्तोष थापा, कार्यालयका कर्मचारीहरू लगायत जनसमुदायहरूको सहभागितामा रहेको नगर प्रमुखका स्वकिय सचिव अशोक पटेल जानकारी दिनु भएको छ ।