जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेशस्तरीय तीनवटा भ्रातृसंगठन पुनर्गठन भएका छन् ।सुनसरीको गंगा जमुना होटलको सभाहलमा शुक्रबार आयोजित प्रदेशस्तरीय कार्यक्रमबाट समाजवादी महिला संघ नेपाल, समाजवादी युवा संघ नेपाल र समाजवादी विद्यार्थी संघ नेपालको कोशी प्रदेश समिति पुनर्गठन गरिएको हो ।सो कार्यक्रमबाट समाजवादी महिला संघको कोशी प्रदेश समिति अध्यक्षमा ओममाया आङदेम्बेलाई चयन गरिएको छ ।  त्यसैगरी समाजवादी युवा संघको अध्यक्षमा दिनेश राई र समाजवादी विद्यार्थी संघको प्रदेश समिति अध्यक्ष सागर सरगम चेम्जोङ चयन भएका छन् ।जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माणको चार महिने अभियानअन्तर्गत संगठन पुनर्गठन कार्यक्रममा पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ, सचिव राजकुमार राई, केन्द्रीय कार्यकारिणी सदस्य जयराम यादवालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here