राैतहट,१ फागुन ।
रौतहट क्षेत्र नं १ ख का विद्यायक एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आफना क्षेत्रमा आजदेखी सरसफाई एवं सडक बचाँउ अभियान सञ्चालन गर्नुभएको छ । सडक बचाउ विकास कराउ अभियान अन्तर्गत कृषि राज्य मन्त्री यादवले गृह जिल्ला रौतहटको निर्वाचन क्षेत्र नं १ ख को दुर्गा भगवती गाउँपालिका वडा नं ३ मत्सरी स्थित रहेको दुर्गा भगवती मन्दिरबाट सरसफाई एवं सडक बचाँउ अभियानको आजबाट शुभारम्भ गर्नुभएको छ । प्रदेश सांसद समेत रहनुभएका कृषि मन्त्री यादवले यादवले आज विहानै हातमा झाडु लिएर दुर्गा मन्दिर र मन्दिरको वरीपरी सडकमा रहेको फोहोरलाई सरसफाई गरेर उक्त सडक बचाँउ अभियान थाल्नुभएको हो । क्षेत्र भरी रहेको सम्पूर्ण सार्वजनिक सडक, धार्मिक एवं पर्यटकीय स्थलको रुपमा रहेको मठ, मन्दिर, मस्जिद, विभिन्न देवी देवताको मन्दिर, सामुदायिक स्कुल लगाएतको संरक्षण तथा प्रवद्र्धन गर्ने लक्ष्यका साथ यो अभियानको शुभारम्भ गरिएको कृषि राज्य मन्त्री योगेन्द्र यादवले स्पष्ट पार्नुभयो । क्षेत्रको समग्र विकास र समृद्धिको लागि शुभारम्भ गरिएको अभियान निरन्त रुपमा सञ्चालनमा रहने उहाँको भनाई छ । यस अभियान मार्फत जथाभावी रुपमा अतिक्रमण गरिएको सडक खाल्ही गराउने पनि योजना रहेको प्रदेश सांसद यादवले बताउनुभयो । जथाभावी रुपमा सडक अतिक्रमण गरेर अनाधिकृत रुपमा बनाईएको घर, टहरा हटाउनुभको साथै सडक च्यापेर राखिएको सम्पूर्ण सामानहरु हटाई आम नागरिकको सहज एवं सुरक्षित यात्रा बनाउने आफनो सोच रहेको उहाँले बताउनुभयो । प्रदेश सभा क्षेत्र नं १ खले आयोजना गरेको सरसफाई तथा सडक बचाँउ अभियान कार्यक्रममा नागरिक समाज, स्थानीय प्रशासन, युवा, विद्यार्थी,समाजिक अभियन्ता, समाजसेवी, पत्रकार लगाएतको सहभागिता रहेको मन्त्री यादवका स्वकीय सचिव कमलेश यादवले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here