काठमाडौं २५ माघ । बुटवलमा ट्राफिक प्रहरीका असई र प्रहरी जवान घूस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय बुटवललेको उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट घूसको रकमसहित शुक्रबार नियन्त्रणमा लिएको हो। बुटवल ट्राफिक मातहतका असई सूर्यबहादुर अधिकारी पाँच हजार रुपैयाँ घूस रकमसहित पक्राउ परेका हुन्। अधिकारीले राजमार्ग पर्ने बुटवल धागो कारखानानजिकैको ट्राफिक प्रहरी पोष्ट रामनगरबाट रंगेहात पक्राउ परेका हुन्। टिपरलाई सहजरूपमा व्यवस्थापन गरिदिने भन्दै टिपर चालकसँग पाँच हजार घूस लिँदै गर्दाको अवस्थामा शुक्रबार साँझ नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले जनाएको छ। त्यसैगरी, प्रहरी जवान छविलाल पोखरेल तीन हजार रुपैयाँ घूस रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। अख्तियारले शुक्रबार नै देवदहको खैरहनी ट्राफिक प्रहरी पोष्टका जवान पोखरेललाई नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका सूचना अधिकृत सुरेश भुसालले बताए। उनका अनुसार दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। थाहा खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here