काठमाडौं,१७, जेठ  ।

नेकपा माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले रोल्पा कारागारमा भएको सुन्दर हरिजनको मृत्युको छानबिनका लागि संसदीय समिति बनाउन माग गरेकी छन् ।मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विशंखेले विजयविक्रम शाहको सट्टामा सुन्दर हरिजनलाई रोल्पा कारागार राखिएको र शाहलाई भने हरिजनको नाममा कारागारबाट छुटाउने षड्यन्त्र गरिएको बताइन् ।उनले केही दिन अघि सुन्दर हरिजनको कारागारमै मृत्यु भएपछि समग्र घटनाको छानविन गर्नुपर्ने बताएकी हुन् । सांसद विशंखेले यस घटनाबाट नेपालको सिंगो न्याय प्रणाली, सुरक्षा संयन्त्र र राज्यको पुरै शासन संरचनामाथि प्रश्न उठेको बताइन् ।‘उक्त घटनामा सिंगो न्याय प्रशासन, न्यायालय जोडिएको कारणले गर्दाखेरि संसदीय छानबिन समिति गठन गरियोस् । र अपराधी करारलाई यथाशीघ्र छानबिनको दायरामा ल्याइयोस्’ उनले भनिन् ।सांसद विशंखेले घटनाको छानविनका लागि संसदीय छानबिन समितिको साथै गृह मन्त्रालयले पनि सरकारको तर्फबाट अर्को छानबिन समिति गठन गर्नुपर्ने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here