पर्सा २२ माघ । छोरीलाई बलात्कार गरेको अभियोगमा पर्साको पोखरियाका एकजना पक्राउ परेका छन्। ती परुषमाथि १६ वर्षीया छोरीलाई घरमै बन्धक बनाई बलात्कार गरेको आरोप छ। पोखरिया नगरपालिका–४ सतवरियाका ४० वर्षीय पुरुषलाई मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। उनीमाथि अनुसन्धन सुरु गरिएको शाहीले बताए। अभियुक्तले शुक्रबारदेखि आफ्नै घरभित्र धम्की देखाएर आफुलाई बलात्कार गर्दै आएको पीडित किशोरीले इलाका प्रहरी कार्यालय पोखरियामा बताएको प्रहरीले बताएको छ। पीडितको मौखिक उजुरीपछि उनका बाबुलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। ती पुरुष पहिले पनि विभिन्न अपराधिक गतिविधिमा जोडिने गरेको स्थानीयले बताएका छन्। घर नजिकै गाउँमा एक व्यक्तिको मृत्यु भएपछि हेर्न जाने बहानामा किशोरी घरबाट फुत्किएर इलाका प्रहरी कार्यालय पोखरिया पुगेर प्रहरीलाई जानकारी दिएको खुलासा भएको छ। उजुरीलगत्तै प्रहरीले अभियुक्त र उनकी श्रीमती निगरानीमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। किशोरीको स्वास्थ्य परीक्षण गराउने काम भइरहेको छ। रिपोर्टका आधारमा थप प्रकृया अगाडि बढ्ने प्रहरी नायव उपरीक्षक शाहीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here