रौतहट, १७ माघ ।
परोहा नगरपालिका तथा छायाँ नेपालको आर्थिक सहयोग र राष्ट्रिय अपाङ्ग कल्याण संघ नेपाल सहकार्यमा श्री बसन्तपटि स्वास्थ्य चौकीमा ५ कोठे भवन तथा प्रसुति गृह संयुक्त रुपमा समुद्घाटन गरिएको छ ।
परोहा नगरपालिका नगर प्रमुख शेख वकिल एवंम छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापाले संयुक्त रुपमा उद्धाघाटन गर्नु भएको छ ।
कार्यक्रमका सभापति एनडीवा नेपालका अध्यक्ष राजेश साहको अध्यक्षता, प्रमुख अतिथि शेख वकिल, विशिष्ट अतिथि छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापा, परोहा नगरपालिका प्रशासकीय अधिकृत ओमप्रकाश यादव, इन्जिनियर दिपेन्द्र यादव, परोहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख जलन्द्र, शिक्षा शाखाका प्रमुख लगायत राजनीतिक दलका नेताहरू संघसंस्थाका प्रतिनिधि सहित गाउँका मानिसको उपस्थिति रहेको थियो।