काठमाण्डौं, ८ माघ ।
पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय पाएका प्रदेश नं. २ धनुषाका उमेश यादवलाई नेपाल ल्याउने समाजिक अभियन्ता सरोज यादवको सपना पुरा भएको छ ।
रोजगारीको शिलसिलामा साउदी अरब गएका बेला त्यहाँ पाकिस्तानी नागरिकको हत्या गरेको अभियोगमा उमेश यादवलाई मृत्युदण्डको सजाय सुनाइएको थियो।
उमेश यादव बुधबार विहानै नेपाल आए संगै अभियन्ता सरोज राय र उनका समुहको सपना पुरा भएको छ । आममाफी पाएर स्वदेश फर्केका उमेशलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।
उमेशलाई सन् २००६ मा सहकर्मी पाकिस्तानी नागरिक मोहम्मद लतिफ वासिरको हत्या गरेको अरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।
उमेशलाई घाँटी काटेर २४ घण्टा झुण्डयाउने आदेश जुवेलका जेनर कोर्टले १५ अप्रिल २०१८ मा दिएको थियो ।
वैदेशिक रोजगारीको शिलशिलामा धनुषाको कमला नगरपालिका ३ का बासिन्दा ३९ वर्षीय उमेश सन् २००६ मै साउदी पुगेका थिए ।
गएको केहि समय पश्चात विवादकै क्रममा पाकीस्तानी नागरिकको मृत्यु भएपछि उमेशलाई त्यहाँका प्रहरीले हत्या आरोपमा पक्राउ गरी कारबाही प्रक्रिया अघि चलाएको थियो ।
उमेशलाई जुवेल जेनरल कोर्टको आदेशमा साउदीकै जुवेल जेलमा राखिएको थियो । उमेशलाई मृत्यु दण्डको सजाय भन्ने समाचार दुईवर्ष अघि सार्वजनिक भएपछि जनकपुरका समाजिक अभियन्ता रायले उनको जीवनरक्षाको निम्ति अघि बढेका थिए ।
अभियन्ता रायले परराष्ट्र मन्त्रालय, दुताबासको सहयोगमा मृतक पाकिस्तानीको घरमा समेत पुगेर उमेशको जीवनरक्षाको पहल गरेका थिए । मृतक परिवार उमेशलाई बचाउन सकारात्मक भएपछि अभियन्ता राय ब्लडमणि लगायत अदालती प्रक्रियामा अगाडी बढेका थिए ।
नेपालबाट बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेका नेपालीहरुबाट चन्दा संकलन गरी मृतक परिवारलाई ३० लाख पाकिस्तानी रुपैयाँ ब्लडमणि दिएपछि मृतक परिवार माफीनामा दिएका थिए ।
यस घटनाक्रममा साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिंह राजपुतले पनि निकै पहल गरेका थिए । उमेशलाई अन्ततः जुवेल कोर्टले आमा माफी दिँदै झण्डै १४ वर्षपछि रिहा गरेको हो ।
लामो समयदेखि जेली जीवन बिताउँदै आएका उमेशबारे समाचार पहिलो पटक जनकपुरबाट संचालनमा रहेको न्यूज ब्यूरोले प्रकाशित गरेपछि यो मुद्दा राष्ट्रिय स्तरमा चर्चा पाएको थियो ।