बुटवल ८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले रुपन्देहीको सैनामैनास्थित सब डिभिजन वन कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ ।कार्यालय प्रमुख श्रेष्ठले घर बनाउने सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि ५ हजार रुपैयाँ घुस लिदै गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यलयका प्रवक्ता सुरेश भुसालले जानकारी रातोपाटीलाई जानकारी दिए । प्रमुख श्रेष्ठलाई बुटवल उपमहानगरपालिको बार्ड १४ नयाँ गाउँबाट नियन्त्रणमा लिइएको घटनाको थप अहिले अनुसन्धान भइरहेको प्रवक्ता भुषालले बताए ।