रौतहट, ३ माघ ।
स्थानिय निकायको निर्वाचन पछाडि भाडामा संचालन हुदैं आएको गौर नगरपालिका वडा नं. ५ को अब आफ्नै वडा कार्यालयको उदघाटन भएको छ।
गौर नगरपालिकाको वडा नं.५ स्थित रहेको पुरानो सहकारी संस्थानको भवनमा नगर प्रमुख अजय कुमार गुप्ताले शुक्रबार वडा कार्यालयको उद्घाटन नगर प्रमुख गरेका छन् ।
मेयर गुप्ताले जनताका सेवा र सुविधाका निम्ति वडा कार्यालयको भवन हुनुपर्ने बताएका छन् ।
गुप्ताले जनप्रतिनिधिलाई जनताको काममा विशेष ध्यान दिन आग्रह गर्दै वडा कार्यालय व्यवस्थापनको कार्यका लागि वडा अध्यक्ष तथा सदस्यहरुमा बधाई तथा शुभकामना समेत दिएका छन् ।

मालपोत तथा भुमि व्यवस्था कार्यालय नजिक भाडामा रहेको वडा कार्यालयलाई व्यवस्थित तथा भाडा मुक्त गर्ने अभिप्राय एवम अलपत्र रहेको भवनको संरक्षण समेतको उदेश्य राखि वडा कार्यालय यस भवनमा सारीएको वडा अध्यक्ष रामस्वार्थ राय यादवले जानकारी गराएका छन् ।

Image may contain: राम स्वार्थ यादव, smiling, sitting and indoor


वडा कार्यालय उदघाटनका बेला नगर उपप्रमुख किरण कुमारी ठाकुर, वडा नं. १ का वडा अध्यक्ष भरत साह, वडा नं. २ का अध्यक्ष राकेश झा, वडा नं. ३ का अध्यक्ष श्यामसुन्दर पटेल, वडा नं. ४ का अध्यक्ष भुनेश्वर शाही, वडा नं. ६ का वडा अध्यक्ष शेख जमसैद, वडा सचिव धिरेन्द्रलाल , नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत पवन महतो, लगायतको सहभागीता रहेको थियो ।

Image may contain: outdoor

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here