बारा २ माघ । ट्याक्टरको टेलरमा मोटरसाइकल ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय धुलन्दर कुमार गिरी रहेका छन् ।
कलैया उपमहानगरपालिका–१८ मनगढवास्थित सडकमा ना १५ प ५७४३ नम्बरको मोटरसाइकल हाल नम्बर नखुलेको ट्याक्टरको टेलरमा बिहीबार बिहान ठक्कर खाँदा मोटरसाइकल चालक गिरीको घटनास्थलमै मृत्यु भएकोहो ।
वीरगञ्ज महानगरपालिका २४ मनगढवा बस्ने कुमार स्थानीय व्यवसायी हुन् ।
फरार ट्याक्टर चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here