सप्तरी १ माघ । भन्सार छलेर ल्याउँदै गरेको एक लाख बराबरको कुर्ता र साडीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बलान बिहुल गाउँपालिका–४ बाट बुधबार बिहान प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा खडक नगरपालिका–७ का २३ वर्षीय उपेन्द्र प्रसाद साह र बोदेबर्साइन नगरपालिका–५ का ४७ वर्षीय सञ्जिव कुमार अग्रवाल रहेका छन् ।
प्रहरी चौकी बेल्हि र ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स।१ च १०१७ नम्बरको बलेरो जिपलाई जाँच गर्ने क्रममा भन्सार छली ल्याएको सामानसहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सभार जनता समाचार