रौतहटमा २० पुस । रौतहटको जिल्ला विपद व्यवस्थापन समितिले न्यानो कपडा बितरण गरेको छ । जिल्लाव्यापी अभियान अन्तर्गत प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा फतुवा विजयपुर नगरपालिका वडा नं १० र ११ को दलित , गरीब , नागरीकलाइ आईतबार जाडोको मौसममा प्रजिअ थापा र शसस्त्र प्रहरीका प्रहरी उपरीक्षक रविणराज कर्णकारले १ सय २० थान कम्बल वितरण गर्नुभएको हो । बढ्दो चिसो र शितलहरका कारण जिल्लाको जनजिवन असामान्य बन्दै गएपछि प्रहरी र प्रशासनले जिल्लाका गरीव तथा विपन्न परिवारका लागी राहत स्वरुप न्यानो कपडा बितरण गर्दै आईरहेको छ । हालसम्म जिल्लाका बिभिन्न गरीब तथा विपन्न नागरीकलाई जिल्ला विपद् व्यवस्थापन समितिले ६ सय भन्दा बढी कम्बल तथा न्यानो कपडा बितरण गरेको जिल्ला प्रशासन कार्यालय रौतहटका सुब्वा राम नरेश साहले जानकारी दिएका छन ।
सभार कलमपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here