काठमाडौ, ८ पौष। उखु उत्पादन संघ रौतहटका पदाधिकारीहरुले मंगलबार जिल्लाका पूर्व सभासद् रामकुमार भट्टराईको नेतृत्वमा उद्योग मन्त्री लेखराज भट्टलाई भेटेका छन् । मंगलबार भेटेको उक्त टोलीले गरुडामा अवस्थित श्रीराम सुगर मिल्स सञ्चालन र किसानहरुको बाँकी बक्यौता रकम भुक्तानीबारे मन्त्री भट्टलाई ध्यानाकर्षण गराइएको छ ।
पूर्व सभासद् भट्टराई सहितको उखु किसानहरुको टोली समक्ष मन्त्री भट्टले श्रीराम सुगर मिल सञ्चालन र किसानको भुक्तानीका लागि आफूले पहल गर्ने र यसबारेमा बिहीबार मन्त्रायलयमा सम्बन्धित पक्षको बैठक राखी अन्तिम टुंगो लगाउने बताएको संघका कोषाध्यक्ष मनोज सहनीले जानकारी दिए । उद्योगमन्त्री भट्टलाई भेट्न गएको टोलीमा पूर्व उद्योग मन्त्री तथा सांसद अनिलकुमार झा, सांसद सरला यादव, रेखा झा, प्रदेश सांसद नागेन्द्र राय यादव, नेकपा रौतहटका अध्यक्ष कमल यादव लगायत उखु उत्पादक संघ रौतहटका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । श्रीराम सुगर मिल्सले उखु क्रसिङ सिजन २०७१र७२ को १२ करोड र क्रसिङ सिजन २०७५र७६ को ३० करोड गरी ४२ करोड रुपैयाँ किसानहरुलाई भुक्तानी दिन बाँकी छ ।
Home मुख्य समाचार सुगर मिल संचालन र बक्यौता भुक्तानीका लागि उद्योगमन्त्रीलाई उखु संघ रौतहटको ध्यानार्कषण...