काठमाडौं, २ पौष ।
सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच दुई बुँदे सहमति भएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई पार्टीको बैठकले राष्ट्रियसभाको निर्वाचनमा एकअर्कामा सहयोग गर्ने विषयमा दुई बुँदे सहमति गरेको हो ।
‘आगामी माघ ९ गते हुने प्रदेश नं. २ को राष्ट्रियसभाको निर्वाचनका लागि रिक्त हुने चार स्थान मध्ये अन्य पुरुष समूह र अपाङ्ग भएका व्यक्ति वा अल्पसंख्यक दुई स्थानमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने र महिला र दलित पुरुष स्थानमा नेकपालाई राजपाले सहयोग गर्ने’ नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल र राजपा संयोजक राजेन्द्र महतोको हस्थाक्षरमा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, समसामयिक राष्ट्रिय राजनीतिक विषयमा नियमित छलफल गरी सहकार्य गर्ने पनि प्रेस विज्ञप्तिमा जनाइएको छ । संभार ः जनता समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here