रौतहट,३० मंसिर ।
पूर्व तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको र साँझ सम्म हट्ने महाशाखाले जानकारी दिएको छ । आगामी २४ घण्टासम्म शितलहरको सम्भावना नरहेको पनि महाशाखाले सूचना निकालेर जानकारी दिएको छ ।
हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । मौसमविद् राजु प्रधानाङ्गले पश्चिमी न्यून चापीय प्रणाली निष्कृय भएकाले अब हिमपातको सम्भावना पनि नरहेको बताउनुभयो । महाशाखाका अनुसार हाल पूर्वी तराईका केहि भूभागमा बाक्लो हुस्सु र कुहिरोको लागेको छ भने मध्य र पश्चिमी तराईका भूभागमा सामान्य हुस्सु र कुहिरो लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here