बर्दिवास ११ मंसिर । बर्दिवास प्रहरीले महोत्तरीको बर्दिवासबाट मंगलबार साँझ लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सखुवानकार कटी गाउँ पालिका ५ घर भएका मोहम्मद सजिम अन्सारी रहेका छन् । अन्सारी मंगलबार बेलुका बर्दिवास सिन्धुली सडक खण्डको बिपी राजमार्गको बर्दिवास चोकमा कालो रंगको झोला बोकी हिँड्दै गरेको अवस्थामा शंका लागेर खान तलासी गर्दा पक्राउ परेको बर्दिवास प्रहरीले जनाएको छ । अन्सारीको झोलाबाट प्रहरीले नाईट्रोभेट १० लेखिएको २ सय ४० पिस, फेनेरगन ईन्जेक्सन ३ सय एम्पुल, नोफेने ईनजेक्सन २ सय ८८ एम्पुल, डाईजेपम २ सय ९६ एम्पुल बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।