काठमाडौं ८, मंसिर । काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रुपन्देहीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका एकजना लेखापाललाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। विश्वविद्यालयका लागि खरिद गरिएको जिन्सी सामाग्रीको रकम भुक्तानीका क्रममा लेखापाल रत्नेश्वर तिवारीलाई अख्तियार बुटवलको टोलीले घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको हो। अख्यिार बुटवलका सूचना अधिकारी सुरेश भुसालका अनुसार जिन्सी सामाग्री विक्रेतासँग घुस लिइरहेको अवस्थामा विश्वविद्यालयको लेखाकक्षबाटै तिवारी पक्राउ परेका हुन्। तिवारीलाई अहिले अख्तियार बुटवलको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । अख्तियार दुई दिन अघि मात्रै सिरहाका मालपोत प्रमुलाई ५ लाख घुससहित पक्राउ गरेको थियो।