रौतहट, ८ मंसिर ।

रौतहटको दुर्गाभगवती गाउपालिकामा प्रमुख प्रशासकिय अधिकृत नभएका कारण सेवाग्रहीहरु मारमा परेका छन् ।
कर्मचारी समायोजनमा सरुवा भई अन्यत्र गएका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश यादवको ठाउमा आएका शिव नारायण साहले कार्यालयमा कामकाज गर्न नपाए पछि सेवाग्रहीहरु मारमा परेका छन् ।
प्रमुख प्रशासकिय अधिकृत कै भुमिकामा मन्त्रालयबाट सरुवा भई आएका साहलाई गाउपालिका प्रमुख अरुण कुमार साहले कामकाजमा नलाए पछि सेवाग्रहीहरु समस्यामा परेका छन् ।
स्रोतका अनुसार मन्त्रालयले समायोजन गरि पठाएको कर्मचारी आफु संगै नसोधि कार्यालयमा हाजिर भए पछि आक्रोशित बनेका गाउपालिका प्रमुख र प्रमुख प्रशासकिय अधिकृत विच विवाद उत्पन्न हुन गएको हो ।
सम्बन्धित कार्यालयमा गाउपालिका प्रमुखबाट तोकादेश भए पश्चात मात्र कर्मचारी हाजिर हुने स्रोतको दावी रहेको छ ।
कर्मचारी समायोजनमा दुर्गा भगवती गाउपालिकामा प्रमुख प्रशासकिय अधिकृत शिव नारायण साहले आफु कार्यरत रहेको कार्यालयबाट कार्तिक २२ गते रमाना लिई गापा प्रमुख अरुण कुमार साह संग सम्र्पक गरि सार्वजनिक विदाहरु पश्चात कार्तिक २५ गते गाउपालिकामा हाजिर हुन आउनु अगाडी आफुले प्रमुखलाई मोबाईलमा कल गरेको वहाले दिएको प्रतिक्रिया पछि आफुले निवेदन समेत ल्याएको प्रमुख बाहिर रहदा आफुले विना नै हाजिर भएको बताएका छन् ।
हाजिर भएको केही समय पछाडी नै गाउपालिकाका अन्य कर्मचारीहरुले आफु हाजिर भएको जानकारी गाउपालिका प्रमुख साह कार्यालयकै कर्मचारीले गराए पछि प्रमुख रिसाएको प्रतिक्रिया क्रमचारीले पाए पछि आफुलाई भोली देखि कार्यालय न आउन सल्लाह दिएको समेत उनले बताए ।
गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृतबारेको समस्यामा हामीले प्रमुख अरुण कुमार साहसंग प्रतिक्रिया लिन खोज्दा गाउपालिका बाहिरको जानकारी प्राप्त पश्चात मोबाईमा सम्र्पक गर्दा प्रमुख साहले आफु कहाँ कुनै कर्मचारी हाजिर हुन नआएको र आफुलाई कर्मचारी आएको बारे कुनै लिखित पत्र समेत नआएको जानकारी दिए ।
गाउपालिका प्रमुख साहले आफु पनि गाउपालिकाको कामकाज प्रति संवेदनशिल रहेको सोको लागि अहिले राजधानीमा कर्मचारी व्यवस्थापनका लागि आएको समेत बताए ।
दुर्गाभगवति गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश यादव परोहा नगरपालिकामा समायोजन भएका बेला दुर्गा भगवती गापामा कार्यरत नायव सुब्बा प्रमोद ठाकुरलाई उनले कार्यालयको निमित कामकाज हेर्न जिम्मेबारी तोकेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here