रौतहट, ५ मंसिर।
मंसिर १० गते बाराको निजगढमा हुने जनसभा तयारीको लागि रौतहतको चन्द्रनिगाहपुरमा बसेको प्रदेश कमिटी सदस्य सहित ज़िल्लाको बैठक चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ ।
प्रदेश अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले १० गते हुन लागेको बिकाशसम्बन्धी कार्यक्रमलाई सफल बनाउने जनसभालाई सफल गर्न सबैले आ आफ्ना तपकाबाट सहयोग गर्ने निर्णय भएको हो । प्रमुख अतिथि नेकपा प्रदेश अध्यक्ष प्रभु साह, केंद्रीय सदस्य सरला यादव, युवराज भटराई समीर, प्रदेश सदस्य पूर्व राज्यमंत्री सत्यनारायण भगत, जिल्ला अध्यक्ष कमल यादव, देवकी नेपाल लगायत जिल्ला भरिका प्रदेश सदस्यहरुको उपस्थित रहेको प्रदेश अध्यक्ष साहका सहयोगी विजय यादव निर्विजले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here