अशोज ९ रौतहट
रौतहट जिल्लाको सबै भन्दा अविकसित नगरपालिकाको रुपमा रहेको फतुवा विजयपुर नगरपालिकामा कार्यरत रहेको कर्मचारी देखि लिएर शिक्षकहरु दशैं नजिकिदा पनि तलब न खाए पछि धर्नामा उत्रेका छन
माध्यमिक बिद्यालय दुधिअवाका प्रधानाध्यापक रविन्द्र साहको नेतृत्वमा शिक्षकहरु आन्दोलनमा उत्रेका हुन् ।
मंगलबार देखि नगरपालिका कार्यालयमा शान्तिपूर्ण धर्नामा उत्रेका शिक्षकहरु आन्दोलन अझ शसक्त बनाउदै थालेका छन् बिगत कयौ दिन देखि तलबको लागि पहल गरे पनि नगरपालिकाले कुनै चासो नलिए पछि आन्दोलनमा उत्रिन बाध्य भएको प्रधानाध्यापक साहले बताएका छन् ।पटक पटक कार्यापालिकाको बैठक बस्दा पनि नगर सभा हुन् सकेको छैन ।नेपाल सरकारले चालु आर्थिक बर्षको अषार १५ गते भित्र सबै नपा तथा गापालाई नगरपरिसद गर्न निर्देसन दिए तापनि फतुवा विजयपुर नगरपालिकाले अहिले सम्म नगरासभा गर्न सकेको छैन ।
नगर प्रमुख गोपाल राय यादवले नगरसभा नबोलाउदा समस्या उत्पन्न भएको नगर उपप्रमुख कान्ति देवीले आरोप लगाएकी हुन् । स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार नगर सभा बोलाउने अधिकार नगर प्रमुख/गाउँपालिका अध्यक्षको रहेको छ ।
नगर उपप्रमुख कान्ति देवीका अनुसार नगर प्रमुख यादवको कारण यस नगरपालिकाका नागरिकले पाउने पर्ने शिक्षा बाट समेत बन्चित हुनु पर्ने अबस्था आएको हो । शिक्षकहरु आन्दोलनमा उत्रेका कारण पठन पाठन अबरुद्ध भएको र त्यसले जनप्रतिनिधि प्रति नकारात्मक प्रभाव पार्ने उनी बताउछिन । नगर प्रमुख यादवले आर्थिक बर्ष २०७५/०७६ मा बालुवा गिट्टीको निकासी कर बाट उठेको रकम मध्ये हाल सम्म चालिस लाख भन्दा बढी नगरपालिकामा दाखिला नगरेको , नगरपालिकाको दुवै सरकारी गाडी कब्जा गरेको तथा नगरपालिकालाइ धराशाही बनाउन लागि परेको आरोप नगर उपप्रमुखले लगाएकी छिन ।मेयर र उपमेयरले एक अर्का माथि आरोप लागाउनु रौतहटको अधिकांश नपाको चलखेल समेत रहेको देखिन्छ ।टलप न पाए पछि आफुहरु कडा कदम उचाल्ने धर्नामा रहेको शिक्षकहरुको भनाइ समेत रहेको छ ।