काठमाडौं , भदौ २०, । ज्यान मार्ने कसुरमा मुद्दा परेका फरार अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ। काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोकको पाँचपोखरी थाम्पाल गाउँपालिका-५ का २७ वर्षीय गान्टे भनिने प्रकाश गोलेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको महानगरिय अपराध महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिए। २०७३ असार २३ मा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ माकलबारीमा गोले‚ भेजा र किरण तामाङ भन्ने किरण श्रेष्ठले खुकुरी प्रहार गरी सम्बरबहादुर तामाङलाई घाइते बनाएका थिए। पक्राउ परेका गोलेलाई आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको महाशाखा प्रमुख थापाले जानकारी दिए। थाहा खबर