रौतहट २१ असार ।
गर्मीबाट बच्न विधार्थीहरुलाई मौलापुर नगरपालिकाको नगरक्षेत्र अन्तर्गतका चारवटा विद्यालयमा सिलिंग पंखा वितरण गरिएको छ ।
पछिल्लो केहि दिनदेखी तराईमा बढदै गएको गर्मीबाट विद्यार्थीहरुलाई बचाउन नगरपालिकाको लगानीमा नगर भित्रका चारवटा विद्यालयमा ६० थान सिलिंग पंखा जडान गरिएको हो ।
शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरी मौलापुरको नगर प्रमुख रिना कुमारी साहले उक्त पंखाहरु सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुलाई हस्तान्त्रण गरेका थिए ।
वडा नं १ र २ लगायत चारवटा विद्यालयमा जडान गरिएको ६० वटा सिलिंग पंखाको कुल लगानी एक लाख ८० हजार रहेको मौलापुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र साहले जानकारी दिए ।
नगर प्रमुख रिना कुमारी साहको अगुवाईमा उच्च शिक्षा अध्ययन गरिरहेकी ६० जना क्षात्राहरुलाई ल्यापटप र नगर क्षेत्र अन्तर्गत रहेका सम्पुर्ण विद्यालयहरुमा अध्ययनरत क्षात्राहरुलाई सिनिटरी प्याड वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here