प्रेमबाबु यदुवंशी –
महोत्तरी, १९ असार।
बुधबार राति महोत्तरीमा भीषण डकैती भएको छ । महोत्तरीको बर्दिवास नगरपलिका ६ र ७ प्रेमनगरमा डाकाहरुले लाखौको धनमाल लुटेर लगेका छन् ।
मध्यराति झण्डै एकदर्जनको संख्यामा आएका डाकाहरुले आक्रमण गर्दै सुनचाँदी, नगद, जिन्सी गरी करिब १५ लाख रुपैयाँ बराबरको धनमाल लुटेका छन् ।
बर्दिबास नगरपालिका ७ प्रेमनगरका रामसुनर महतो र वडा नं. ६ प्रेमनगरका चन्देश्वर महतोको घरमा डाकाहरुले आक्रमण गरी गकैती गरेको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
गाउँलेले डाकामाथि प्रतिकार समेत गरेको छ । प्रतिकारको क्रममा एकडाका हतियार सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सलार्ही जिल्ला चन्द्रपर नगरपालिका घर भएका वर्ष ४० का देवनरायण कापड रहेका प्रहरीले जनाएको छ । उनलाई गाउँलेहरुले नजिकै रहेको बडहडी खोलाबाट पक्राउ गर्न सफल भएका छन् ।
डाकाको आक्रमणबाट घरधनी चन्देश्वर महतो, उनका श्रीमती जेयबती देवी र छोरा वर्ष २७ का उमेश महतो घाइते भएका छन् । तीनै जनाको उपचार बर्दिवास स्थित जनसेवा अस्पतालमा भइरहेको छ । गाउँलेहरुको कुटपीटबाट पक्राउ परेका डाका गम्भीर घाइते भएका छन् । डाकाको उपचार बर्दिबासको शुभ स्वास्तिक हस्पिटल बर्दिबासमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here