काठमाण्डौं, ११ असार ।
अरुबेला राजधानीका विभिन्न ठाउँमा हुने जुलुस र हुलदंगा नियन्त्रण गर्न चौबिसै घण्टा खट्ने महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वरका प्रहरी अधिकृतदेखि जवानहरु बुधबार मध्यान्ह भने घरेलु हातहतियार खुकुरी, खुँडा, तरवार, सावेल र लामा÷लामा लठ्ठी बोकेर बागमती किनारमा उत्रेपछि वटुवा र स्थानीय वासिन्दाहरु अचम्मित भए ।
वास्तवमा जुन २६ अर्थात आज बुधबार परेको ‘लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्र्रािष्ट्रय दिवस’को अवसरमा महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वरका गण प्रमुख प्रहरी उपरीक्षक ९एसपि० दिल्लीराज पन्तको नेतृत्वमा गणमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरु बागमती नदी किनारमा आफैं उम्रेका गाँजाको बोट काट्न घरेलु हातहतियार सहित फिल्डमा उत्रेका थिए ।
‘लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्र्रािष्ट्रय दिवस’ को अवसर पारेर हरेक वर्ष नेपाल प्रहरीले लागुपदार्थ दुरुपयोग नियन्त्रणको लागि जनचेतनामूलक कार्यक्रमको साथै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
मध्यान्ह ११ देखि १ बजेसम्मसो गणका प्रहरी अधिकृत तथा गरि एकसय जना प्रहरीहरुले उक्त गणको क्षेत्र अन्तर्गत पर्ने काठमाडौं महानगरको वडा नं ११ स्थित टेकुको सेतो पुलदेखि थापाथली पुलसम्मको बागमती नदीको आसपासमा आफै उम्रिएका करीवदशहजारवटा गाजाको बोट नष्ट गरेका थिए ।
गाँजा फँडानी गर्न गण प्रमुख, प्रहरी उपरिक्षक पन्त, सहायक गणप्रमुख प्रहरी नायव उपरिक्षक प्रविण लाल श्रेष्ठ, प्रहरी निरीक्षकद्वय राजु लामा र विशाल भारतीका साथै प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकदेखि हवल्दार र जवानहरु खटिएका थिए । आज फँडानी गरिएका गाँजाको बोटलाई आगो लगाएर बागमती नदी किनारमै नष्ट गरिएको प्रहरी निरीक्षक राजु लामाले बताए ।
हरेक वर्षको वर्षायामताका विशेष गरी खोला÷नदी किनार र खाली जमीनमा गाँजाको बोट आफैं उम्रिने गर्छ । गाँजालाई पनि लागुऔषधको एउटा माध्यम मान्ने गरिन्छ ।
युवापुस्ता र समाजलाई लागुपदार्थको प्रयोग र ओसारपसारबाट टाढा राख्न प्रहरीले विभिन्न अभियान जारी राखेको उल्लेख गर्दै सोही अनूसार बुधबार गाँजाको बोट फँडानी गरेको गण प्रमुख प्रहरी उपरिक्षक पन्तले बताए ।