रौतहट /१० ,असार / रौतहट जिल्लाको गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा मंगलबार भव्यताका साथ् सम्पन्न भएको छ ।शिक्षालाई बढी प्राथमिकता दिएर नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो।

नगर प्रमुख श्याम यादव ले तेस्रो नगर सभा मा आगामी आर्थिक बर्षको लागि नीति,कार्यक्रम तथा बजेट पेश गर्नु भएको हो ।
मंगलबार नगरपालिकामा आयोजित तेस्रो नगर सभामा कुल ४८  करोड ४४ लाख   ६५ हजार को बजेट प्रस्तुत भएको छ ।
नगर प्रमुख यादवले चालु तर्फ २६ करोड ७० लाख तथा पुँजीगत तर्फ २१ करोड ७४ लाख ६ हजारको बजेट प्रस्तुत गर्नु भएको हो  ।
आगामी आर्थिक बर्षमा बहुतिक पूर्वाधार संगै कृषि ,स्वास्थ्य , शिक्षा मा मुख्य रूपमा जोड दिइएको छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here